८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विप्लवको नेकपाले चुनाव वहिष्कार गर्ने, एमसीसीको घोर विरोध



चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा भाग नलिने निर्णयमा पुगेको छ । ११ दिनसम्म कपिलवस्तुमा बसेको बैठकले चुनावमा नजाने अर्थात् चुनाव वहिष्कार गर्ने निर्णय गरेको हो ।

विप्लव नेतृत्वको नेकपाको आधिकारिक अनलाइन इरातोखबरले सम्पादकीय लेखेर चुनावमा नजाने निर्णय गरेको उल्लेख गरेको छ । उक्त दलले चुनावबाट संसदीय व्यवस्थालाई जनताको व्यवस्था वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव नरहेको निष्कर्ष समेत निकालेको छ । विप्लवले चुनाव उपयोगमा नजाने निष्कर्ष समेत निकालिको छ । उसले एमसीसी समेत घोर विरोध गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८ बुधबार ००:००  १० : १२ बजे