उदयपुर ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ । सात घर जलेर नष्ट भएका छन् ।
हिजो दिउँसो लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
घटनाको अनुसन्धान भइरहेको छ । आगो हिजो बेलुका नै निभाइएको र पीडित परिवारलाई राहत दिने तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । उदयपुरगढी गाउँपालिका १ का वडाध्यक्ष खेतबहादुर मगरकाअनुसार स्थानीय ओमबहादुर मगरको घरबाट आगो लाग्न सुरु भएको थियो।
आगलागीमा भैरव बहादुर ग्राङ्जामगर, पदमबहादुर ग्राङ्जामगर, यम्बरबहादुर ग्राङ्जामगर, दिपबहादुर ग्राङ्जामगर, धनमाया ग्राङ्जामगर, शेरबहादुर ग्राङ्जामगर र ओमबहादुर ग्राङ्जामगरको घर गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । उहाँकाअनुसार आगलागीमा परेर सात घर पूर्णरुपमा नष्ट भएका छन् ।
प्रतिक्रिया