दाङ ।
दाङको घोराहीमा एक पुरुषको शव फेला परेको छ । घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
चौधरीको शव आज शुक्रवार बिहान मानव निर्मित गौरीशङ्कर तालको किनारमा फेल परेको हो । हिजो बिहीवार दिउँसो भैँसीलाई पानी खुवाउन गएका चौधरी घर नफर्किएपछि आफन्तले उनको खोजी गरिदिन प्रहरीलाई खबर गरेका थिए ।
तालमा नुहाउने क्रममा डुबेर चौधरीको ज्यान गएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया