काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।
प्रेस चौतारीको बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएट समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले एमालेको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको टिप्पणी गरे । उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउछन् रु भनी प्रश्न गरे ।
‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन् प्रतिगमन भन्छन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरुलाई थाहा छ–त्यसैले म दोहोर्याउन चाहन्न । बल्लबल्ल तपाईं–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ’ उनले भने ।
आफ्नो पार्टीले ठूलो चुनौती मोलेर नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक क्षेत्र समेटेको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सय दिनको कार्यक्रमबाटै त्यसलाई गायब बनाएको बताए ।
प्रतिक्रिया