सप्तरी ।
सप्तरीको रुपनी गाउँपालिका(१ शास्त्रीनगरमा रहेको एक गौसेवा आश्रममा आगलागी भएको छ ।
पण्डित रामकुमार शास्त्रीले सञ्चालन गर्दै आउनु भएको शास्त्री गौसेवा आश्रममा आगलागी हुँदा दश लाख रुपैयाँ बराबरको क्षति भएको हो।
गएराति भएको आगलागीबाट एउटा भवनमा पूर्णरुपमा क्षति पुगेकोे प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय तथा पशु चौपायामा भने क्षति नपुगेको पण्डित शास्त्रीले जानकारी दिनुभयो।
आगलागीको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गौशालामा झन्डै एक दर्जन गाई पालिएको छ ।
प्रतिक्रिया