८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विजयनगरमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि सहित ५५ जना एमालेमा प्रवेश



कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि सहित ५५ जना नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार वडा नं। ५ देविपुरमा आयोजित वडा भेला तथा प्रशिक्षण कार्यक्रममा वडा सदस्य राजमती पासी काँग्रेस परित्याग गर्दै एमाले प्रवेश गर्नु भएको छ ।

वडा भेलालाई सम्बोदन गर्दै विजयननगर गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले एमालेले गरेको काम हेर्न कपिलवस्तुमा एमालेले जितेका पालिका हेरे पुग्ने बताउनु भयो ।

भेलामा बोल्दै गाउँपालिका उपप्रमुख लक्ष्मी थारुले विजयनगर गाउँपालिकामा परिवर्तन ल्याएको कारणले एमाले प्रतिको मोह बढ्दै गएको दाबी गर्नु भयो । हरेका कार्यक्रममा एमाले प्रवेश गर्नेको लहर लागेको समेत थारुले बताउनु भयो ।

नव प्रवेसी पासीले काँग्रेस पार्टीले गरिब जनताको पक्षमा कहिल्यै काम नगर्ने बताउनु भयो । भेलामा अनवर मुसलमानको उपस्थिती रहेको थियो । भेलाको अध्यक्षता वडा कमिटि अध्यक्ष उमानाथ भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८ बिहिबार ००:००  ५ : ४८ बजे