काठमाण्डौ ।
प्रतिनिधि सभाको बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्नुभएको हो ।
राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएसँगै आजको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । बैठक पाँच मिनेट बसेर स्थगित भएको हो । आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायम राखेको छ ।
गएको आइतवार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता अनुमोदन भएपछि आज पहिलो पटक संसद् बैठक बसेको हो ।
प्रतिक्रिया