काठमाण्डौ ।
युक्रेनबाट बाहिरिने क्रममा केही नेपाली अलपत्र परेका खबर आएकाले उनीहरुलाई जर्मनीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ ।
रुसले युक्रेनको राजधानी किभसहित पूर्वी क्षेत्रमा आक्रमण बढाएपछि त्यस क्षेत्रमा रहेका नेपाली सुरक्षित ठाउँको खोजीमा छन् । हिजो बेलुकासम्ममा ३०३ जनाले युक्रेन छोडेको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सेवा लम्सालकाअनुसार अहिलेसम्म तीन सय तीन जनाले युक्रेन छोडेको आधिकारिक जानकारी मन्त्रालयमा आएको छ । युक्रेन छोड्नेको संख्या यो भन्दा केही बढी हुन सक्ने सम्भावना रहे पनि औपचारिक जानकारी आइनसकेको उहाँले बताउनुभयो ।
युक्रेनबाट सबैभन्दा धेरै पोल्याण्ड भएका छन् । अहिलेसम्म दुई सय ३२ नेपाली पोल्याण्ड पुगिसकेका छन् भने ३९ जना स्लोभाकिया, ९ जना हंगेरी र २३ जना रोमानिया पुगिसकेका प्रवक्ता लम्सालले बताउनुभयो । युक्रेनमा रहेका केही नेपाली अझै बाहिरिने पर्खाइमा छन् ।
प्रतिक्रिया