मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ ईमिलियामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा नगरपालिकाले सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गरी केन्द्र संचालन गरिएको हो ।
सो अवसरमा मेयर श्रेष्ठले नगरपालिकाको नीति अनुसार नै केन्द्र संचालन गरिएको बताए । उनले गत बर्ष नै केन्द्र संचालनमा ल्याउन खोजे पनि प्राबिधिक कारणले नसकेको भन्दै यस वर्षदेखि संचालन भएकोमा खुशी ब्यक्त गरे ।
उनले अब नगरबासीहरुले आयुर्बेद प्रणालीबाट उपचारको सेवा पाउने उनले बताए । सो अवसमा कपिलवस्तु आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख डा। प्रबेश श्रीवास्तवले सरकारको एक नगरपालिका एक आयुर्बेद केन्द्र संचालन गर्ने नीति अनुरुप नै यो केन्द्र संचालनमा लयाइएको बताए ।
राजन कुमार पोख्रेलको संचालनमा भएको कार्यक्रममा एमालेका नगर अध्यक्ष देबीराम बेल्बासे, कांग्रेसका नगर अध्यक्ष माधव दमासे लगातयले शुभकामना मन्तब्य दिएका थिए ।
प्रतिक्रिया