मायादेवी अनलाइन, भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ९ पडरियामा रहेको श्री राम आधारभूत विद्यालय पडरियामा बसन्त पञ्चमी पूजाको अवसरमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ ।
पडरिया निवासी लक्षुमन खड्का र पवित्रा खड्काका छोरा लाल बहादुर खड्का र बुहारी कमला खड्काद्धारा नवनिर्मित सरस्वती माताको मन्दिरको विधिवत रुपमा पूजा आराधना गरी समाजसेवी लाल बहादुर खड्काले सो मन्दिरको उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
उद्घाटन पश्चात खड्काले सरस्वती माताको मन्दिर पवित्रस्थल बिद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि आफ्नो सहयोग सामाजिक क्षेत्रमा निरन्तर रहने बताए ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक ओमलाल गिरीले विद्यालयमा योगदान एवम् सहयोग पु«याउने व्यक्ति, संघ/संस्थाहरुलाई धन्यवाद प्रदान गर्नु भएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सरेपानी सामुदायिक वनका अध्यक्ष गिर बहादुर गुरुङ्ग पनि उपस्थिति रहेको थियो ।
कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा प्रसाद पौडेलको संचालनमा भएको थियो ।
प्रतिक्रिया