८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्युठानको गौमुखीमा आज शोक बिदा, मृतकका परिवारलाई ५० हजार रुपैयाँ दिइने



काठमाण्डौ ।

हिजो शनिवार प्युठानमा भएको जीप दुर्घटनामा गौमुखी गाउँपालिकाका सात जनासहित आठ जनाको ज्यान गएको शोकमा आज आइतवार गाउँपालिकाले शोक बिदा दिएको छ ।

हिजो नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर फर्कँदै गरेको जीप लिवाङको ओखरपाटा नजिकै दुर्घटना हुँदा गौमुखी गाउँपालिकाका सात जना र नौबहिनी गाउँपालिकाकी एक युवतीको ज्यान गएको थियो । दुर्घटनाले सिङ्गो गाउँपालिका शोकमा डुबेको भन्दै आज बिदा दिइएको अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।

यस्तै गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएकाका आफन्तलाई प्रति मृतक ५० हजार रुपैयाँका दरले राहत रकम दिने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८ आइतबार ००:००  १ : ४८ बजे