तौलिहवा ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको अध्यक्षमा महादेव पोखरेल चयन भएका छन् । नेकपा एमाले निकटको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा नेकपा (एमाले)का शिबराज नगर कमिटी उपाध्यक्ष समेत रहेका पोखरेल चयन भएका हुन् ।
शनिबार जिल्ला पार्टी कार्यालय तौलिहवामा भएको जिल्ला भेलाबाट उपाध्यक्षमा कृष्ण गैरे र रुमान बहादुर जिसि, सचिवमा कृष्ण गैरे, उपसचिवमा सन्ध्या न्यौपाने र मधु सिग्देल, कोषाध्यक्षमा मनोहर अधिकारी तथा सह कोषाध्यक्षमा माया पौडेल सहित ५८ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएका छन् ।
यस्तै भेलाले पालिका संयोजकहरु समेत चयन गरेको छ । जसमध्ये कृष्णनगर नगरपालिका संयोजकमा अरुण कुमार श्रीवास्तव, शिबराजमा अर्जुन प्रसाद बेल्बासे, बिजयनगर संयोजकमा तैलेश्वर खटिक, बाणगंगा नगरपालिका संयोजकमा झबिन्द्र खनाल, शुद्दोधन संयोजकमा मोहम्मद मोहिसगर गद्दि, महाराजगन्ज संयोजकमा दिनेश कुमार चौवे, मायादेवी संयोजकमा शम्भु शरण बानिया, यशोधरा संयोजकमा शिकन्दर देब मुसलमान, बुद्धभूमि संयोजकमा डम्मर देव पाण्डे र कपिलवस्तु नगरपालिकाको संयोजकमा अर्जुन चौधरी चयन भएका हुन ।
यस्तै भेलाले जिल्ला भित्र रहेका सबै पालिका भित्र फाल्गुन १६ गतेसम्म भेला आह्वान गरि पालिकाको कमिटी निर्माण गर्नका लागि पालिका संयोजकलाई जिम्मेवारी समेत दिएको छ ।
जसमध्ये कृष्णनगर नगरपालिका संयोजकमा अरुण कुमार श्रीवास्तव, शिबराजमा अर्जुन प्रसाद बेल्बासे, बिजयनगर संयोजकमा तैलेश्वर खटिक, बाणगंगा नगरपालिका संयोजकमा झबिन्द्र खनाल, शुद्दोधन संयोजकमा मोहम्मद मोहिसगर गद्दि, महाराजगन्ज संयोजकमा दिनेश कुमार चौवे, मायादेवी संयोजकमा शम्भु शरण बानिया, यशोधरा संयोजकमा शिकन्दर देब मुसलमान, बुद्धभूमि संयोजकमा डम्मर देव पाण्डे र कपिलवस्तु नगरपालिकाको संयोजकमा अर्जुन चौधरी चयन भएका हुन ।
प्रतिक्रिया