काठमाण्डौ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ ।
नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा आयोजना भएको कार्यक्रममा मन्त्री कार्कीले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढङ्गले सहज रुपमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो । मन्त्री कार्कीले टेलिकमलाई अझै अग्रणी र जिम्मेवार बनाउन अप्टिकल फाइबरको जतिसक्दो चाँडो विस्तार गर्नुपर्ने बताउँदै देशका सबै स्थानीय तहमा जतिसक्दो चाँडो तीव्र गतिको इन्टरनेट सेवा पुर्याउनुपर्नेमा समेत जोड दिनुभयो ।
उहाँले टेलिकमले आफ्ना सेवाहरुलाई समयसापेक्ष परिवर्तन गरी लैजानुपर्ने बताउँदै कम्पनीको समग्र विकास र विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया