८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

दिल्लीमा ४८ दिनदेखि बन्धक महिलाको उद्धार



काठमाडौं ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै नयाँ दिल्ली पुराएर बन्धक बनाइएकी एक महिलाको ४८ दिनपछि उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासको पहलमा दूतावास, दिल्ली प्रहरी र सामाजिक संस्थाको पहलमा महिलाको उद्धार गरिएको हो ।मोरङ स्थायी घर भएकी महिलालाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै मोरङ र दिल्लीमा रहेका दलालले उनलाई दिल्ली पुराएका थिए ।

महिलासँग दुई लाख २० हजार रकम लिए पनि उनलाई विदेश नपठाइ दिल्लीकै एक घरको कोठामा बन्धक बनाइएको थियो । महिलाका आफन्तले उद्धारका लागि आग्रह गरेपछि उनको बिहीबार उद्धार गरिएको हो । यतिबेला महिलाको स्वास्थ्य परीक्षण लगायत कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दिल्लीस्थित नेपाली दूतावासले बताएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८ शनिबार ००:००  ८ : ४१ बजे