दाङ ।
दाङको शान्तिपुर गाउँपालिका ५ बैसा स्थित निराजन मल्लको घरबाट अवैध रुपमा जुवा खेलिरहेका ८ जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय खिलातपुरकाका प्रहरी निरीक्षक नविन चुदालीको कमाण्डमा खटीएको टोलीले बैसाबाट ८ जुवाडे पक्राउ गरेको थियो । पक्राउ परेका जुवाडेलाई आवश्यक कारवाहीका लाथि अनुसन्धान अंगाडि बढाएको प्रहरीले जनाएको छ ।
जुवाखालबाट नगद दुईलाख बयासी हजार तीनसय पाँच सहित दाङ जिल्ला शान्तिपुरका विर बहादुर रावत, उत्तम डागी र प्रमोद खड्का, तुलसीपुर उपमहानगरपालिका राजकुमार बोहरा, सोही स्थानका ध्रुव शाह, बबई गाउँपालिकाका बलिराम खत्री, शान्तिनगर गाउँपालिका बैसा बस्ने निराजन मल्ल र एक भारतिय नागरिक हजरत अली रहेको इलाका प्रहरी कार्यालय खिलातपुरका प्रहरी निरीक्षक नबिन चुदालीले बताउनुभयो ।
प्रतिक्रिया