८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आजदेखि चितवनमा सुकुम्बासीको जग्गा नापिने



चितवन ।

चितवनका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापीको काम सुरु गर्न लागेको हो ।

आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालीका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई हिजो प्रशिक्षण दिएको थियो ।

आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार भरतपुरका छ वडा, कालीका र माडीका ३र३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ ।

भरतपुरमा ३५ दिन, कालीका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरी सम्बन्धित पालिकामा लगत बुझाउने गरी योजना बनाइएको छ । पालिकाले जिल्लामा रहेको राष्ट्रिय भूमि आयोगमा लगत पठाउने छ ।

तिमिल्सिनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।

प्रकाशित मिति : २० माघ २०७८ बिहिबार ००:००  १ : ५८ बजे