काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार झन्डै एक घण्टा कुराकानी भएको छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता छिटो संसदबाट पारित गर्ने विषयमा प्रचण्ड र नेपाललाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रचण्ड र नेपालले एमसीसी सम्झौतामा रहेका केही विषयमा प्रष्ट पारेर मात्रै पारित गर्नुपर्ने अडान दोहोर्याउनुभएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
यस्तै देउवाले हिजो मङ्गलवार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर स्थानीय तह चुनावको मिति तोक्नेबारे भएको छलफलका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया