८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा



काठमाण्डौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज मङ्गलवार राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सधैँ साथ रहने वचन दिनुभयो

देउवाले भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले सरकारलाई दिएको सुझावको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास दिलाउनुभएको सतर्कता केन्द्रका उपसचिव एवम् सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

केन्द्रका सचिव सुशीलचन्द्र तिवारी नेतृत्वको प्रतिनिधिमण्डलले आर्थिक वर्ष २०७७र७८ को १९ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस गरेको हो । प्रतिवेदनमा केन्द्रले आर्थिक वर्षमा गरेका मुख्य काम–कारबाहीबारे उल्लेख गरिएको छ । केन्द्रद्वारा आव २०७७ र ७८ मा सम्पादन भएका कार्य र भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा नेपाल सरकार समक्ष प्रस्तुत गरिएका सुझावसमेत समावेश गरी राष्ट्रिय सतर्कता केन्द्र ९कार्य सञ्चालन० नियमावली २०६५ को नियमअनुसार प्रधानमन्त्री समक्ष प्रतिवेदन पेस गरिएको केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिवेदनमा चार परिच्छेद रहेका छन् । परिच्छेद १ मा सतर्कता केन्द्रको परिचय अन्तर्गत संस्थागत विकासक्रम केन्द्रको कार्यक्षेत्र, काम, कर्तव्य र अधिकार, सङ्गठन संरचना तथा जनशक्ति, सुशासन कायम गर्न भएका नीतिगत व्यवस्था तथा प्रयासहरु समावेश गरिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८ मंगलबार ००:००  ३ : १३ बजे