८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ट्याटु खोपाउन गएका एक पुरुषको ज्यान गयो



भक्तपुर ।

भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरुषको ज्यान गएको छ ।मध्यपुरथिमि नगरपालिका १ लोकन्थली घर भइ काठमाण्डौको कोटेश्वर बस्ने ३३ वर्षीय विराज खड्काको ज्यान गएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

खड्का हिजो बुधवार राति साढे ९ बजेको समयमा लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरुष मल्लले सञ्चालन गरेका इन्क ट्याटुमा ट्याटु खोपाउन जानुभएको थियो । त्यहाँ अरूले पनि ट्याटु खोपिरेहका बेला उहाँ पालो कुरिरहनुभएको थियो । पालो कुर्दाकुदै खड्का बेहोस भएर एकैछिनमा ज्यान गएको प्रहरीले जनाएको छ ।

खड्का दमका समेत बिरामी रहेका र धेरै जाँड–रक्सी खाने गरेका पाइएको छ । उहाँको पोस्टमार्टमका लागि शव काठमाण्डौ मेडिकल कलेजमा राखिएको छ । शव पोस्टमार्टमपछि मात्रै ज्यान जानुको कारण थाहा हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८ बिहिबार ००:००  ४ : २० बजे