८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सिंहदरबार प्रवेश पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय



काठमाण्डौ ।

कोभिड १९ कोरोना भाइरस को सङ्क्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

मन्त्रालयले ओमिक्रोन भेरियन्ट सङ्क्रमणको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्र पत्र खारेज गर्ने निर्णय गरेको जनाएको छ । कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्र पत्र जारी गर्नुपरेमा गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।

मन्त्रालयले बुधवार निकालेको सूचनाअनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्रका आधारमा प्रवेश पाउनेछन् ।

प्रकाशित मिति : २९ पुस २०७८ बिहिबार ००:००  ६ : ०३ बजे