मायादेवी अनलाइन, चारनम्बर ।
तीव्र स्मरण शक्ति भएर गिनिज बुक अफ दि वर्ल रेकर्डसमा नाम लेखाउन सफल झापाका अर्पण शर्माले ‘बर्ष उत्कृष्ट प्रशिक्षक–२०७८ को अवार्ड’ पाएका छन् । विमेन्स एरा मिडिया ग्रुप प्रालि नेपाल काठमाण्डौँँले हिमालय इन्टरनेश्नल अवार्डको विशेष समारोहको अवसरमा शर्मालाई यो अवार्डबाट सम्मानित गरेको हो ।
आफ्नो तेज क्षमता आफैमा मात्र सिमित नराखेर नेपाल तथा विदेशमा रहेका नेपालीहरुमा पनि बाँड्न सफल भएको र धेरै युवा विद्यार्थीहरुलाई प्रतिभाशाली बनाएको योगदानको कदर गर्दै शर्मालाई यो पुरस्कार प्रदान गरिएको एरा मिडियाका अध्यक्ष प्रतिमा राइले जानकारी दिनुभयो ।
सो पुरस्कार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री उमा रेग्मीले शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । शर्मा अयसअघि राष्ट्रिय युवा पुरस्कार (२०७२), नेपाल जेसिज बर्ष उत्कृष्ट प्रतिभा (२०२०), युवा प्रतिभा सम्मान (२०७८), विश्व कीर्तिमानी तथा समाजसेवी अवार्ड लगायतबाट सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया