कपिलवस्तु ।
कोभिड १९ का कारण नेकपा (एमाले) लुम्बिनी प्रदेशको पौष २८ गतेका लागि तोकिएको प्रतिनिधी छनोट कार्य स्थगित भएको एमाले कपिलवस्तुले जनाएको छ । प्रदेशका लागि तोकिएको प्रतिनिधी छनोट माघ १७ गते तोकिएकै स्थानमा हुने र माघ २८ र २९ गते तोकिएकै स्थानमा प्रदेश अधिवेशन सम्पन्न हुने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ।कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले आजदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ।
प्रतिक्रिया