८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वाग्मती प्रदेशका रेडियोहरुलाई नवीकरण शुल्क छुट



काठमाण्डौ ।

वाग्मती प्रदेश सरकारले प्रदेशमा सञ्चालनमा रहेका एक हजार वाटसम्म क्षमता भएका रेडियोहरुको नवीकरण शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको छ । साथै रोयल्टीमा समेत ५० प्रतिशत छुट दिने भएको छ ।

वाग्मती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले छुट दिने निर्णय गरेको वाग्मती प्रदेश सरकारका प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिनुभयो ।

यो भन्दा अगाडि रोयल्टी बापत २ प्रतिशत दिनुपर्ने भए पनि अबदेखि भने १ प्रतिशत मात्र तिरे पुग्ने छ । केही समय अगाडि स्वतन्त्र रेडियोहरुको छाता सङ्गठन ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपाल बानले नवीकरणको छुटको माग गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

बजेट भाषण मार्फत रेडियो इजाजत र लाइसेन्स नवीकरणमा पूर्ण छुट तथा रोयल्टीमा ५० प्रतिशत छुट दिने निर्णय गरेको केन्द्र सरकारले अहिलेसम्म पनि यसको कायान्वयन गरेको छैन । पुस मसान्तसम्म रेडियो इजाजत लाइसेन्स नवीकरण नगरे अनुमति पत्र खारेज हुने प्रावधान छ ।

प्रदेश सरकारको यो निर्णयले वाग्मती प्रदेशमा रहेका झण्डै एक सय रेडियोहरुले माघ महिनासम्ममा नवीकरण गर्ने अवसर पाउने सापकोटाले जानकारी दिनुभयो।

प्रकाशित मिति : २७ पुस २०७८ मंगलबार ००:००  २ : २९ बजे