बुटवल ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा भएको नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी भएका उनलाई त्यसकै केहि दिनपछि कोभिड(१९ को लक्षण देखिन थालेको थियो ।
ज्वरो आउने‚ रुघा लाग्ने लगायत लक्षण देखिएपछि गराइएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री खड्काका स्वकीय सचिव झविन्द्र श्रेष्ठले जानकारी दिए । अहिले उनको अवस्था सामान्य रहेको श्रेष्ठले बताए ।
त्यस्तै मन्त्रालयका सचिव खोमराज कोइराला पनि संक्रमित भएका छन् ।यस्तै मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खरीन्द्र विक ९सुजीत०, सचिवालयकी कर्मचारी दिया केसी र लेखा शाखाका विजय घर्तीलाई पनि कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया