८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

चौथो बाणगंगा नगर स्तरिय माघि महोत्सवको तयारी तिब्र, ८० प्रतिशत काम सम्पन्न



वाणगंगा,कपिलवस्तु ।

थारु कल्याणकारीणी बाणगंगा नगर कार्य समितकिो आयोजनामा चौथो बाणगंगा नगर स्तरिय माघि महोत्सव २०७८ आगामी माघ २ गते देखि ४ सम्म सञ्चालन हुने भएको छ । आज जिल्लाका पत्रकारहरुको उपस्थितीमा पत्रकार सम्मेलन गरि महोत्सवको आन्तरिक तयारी ८० प्रतिशत पुरा भईसकेको र २० प्रतिशत मञ्च व्यवस्थापन मात्र बांकी रहेको नगर समिती अध्यक्ष भग्गु प्रसाद थारुले बताउनुभयो ।

हम्मनके भाषा, भेषभुषा आउर संस्कृति राष्ट्रके शान, संरक्षण सम्बद्र्धन आउर प्रवद्र्धन कएना हम्मनके अभियान’भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको उहाले बताउनुभयो । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली बहादुर चौधरी थारुले गर्ने आयोजकले जनाएको छ ।

थारु जातीको कला, संस्कृति, भेष भुषाको संरक्षणमा टेवा पुर्याउने तथा कपिलधामको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उद्धेश्यका साथ यस बर्ष कपिलधाम प्रांगणमा महोत्सव संचालन हुने अध्यक्ष थारुले बताउनुभयो । महोत्सवमा थारु जातीको कला संस्कृतिको प्रदर्शनी, थारु जतिको संस्कृति झल्किने झर्रा, झुमरा, मयुर नाच, लाठी नाच, थारुजातीको विभिन्न हस्तकलाको प्रदर्शन लगाएत थारु जातीको विभिन्न खानाका परिकारहरुको समेत प्रदर्शन गरिने पुर्व केन्द्रिय सदस्य भोजराज थारुले जानकारी दिनुभयो । त्यसैगरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेने आयोजकले जनाएको छ ।

माघी थारु जातीको सबै भन्दा ठुलो चाड र नया वर्ष रहेकाले पनि थारु समुदायले माघिलाई धुमधामका साथ मनाउने गर्दछन् । यद्धपि पछिल्लो समय कोरोना संक्रमणदर बढी रहेकाले नेपाल सरकारको निर्णय अनुसार नै कार्यक्रमलाई अगाढी बढाईने बताइएको छ ।

मिडिया संयोजक कमल चौधरीको संचालनमा भएको पत्रकार सम्मेलनमा थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिती सल्लाहकार महादेव चौधरी थारुले माघिको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो भने नगर कार्य समिती सचिव ऋषीराम थारुको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २६ पुस २०७८ सोमबार ००:००  ६ : ४९ बजे