८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दाङ बस दुर्घटनामा ९ महिने शिशुको मृत्यु



दाङ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको सिसहनियाामा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु भएको छ ।

विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस राप्ती गाउँपालिका–५ सिसहनियामा दुर्घटना हुँदा भारत मोतीहारका असिर आलमका छोरा नानु आलमको मत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । बसमा सवार अन्य ९ यात्रु घाइते भएका छन् । विरगन्ज उपमहानगरपालिका–१६ पर्साका ३५ वर्षीय रतन शाही, पूर्वाह गाउँपालिका–६ रौतहटका ३४ वर्षीय रामविनायक कुर्मी, भारत बिहारका ४० वर्षीय सन्सात खातुन, एन्डिल आलम र छिन्चु नगरपालिका–९ सुर्खेतका १७ वर्षीय दिलबहादुर क्षेत्री घाइते भएका छन् ।

यसैगरी गेरुवा गाउँपालिका–१ बर्दियाका ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, कोहलपुर नगरपालिका–१८ बाँकेकी ३५ वर्षीया शान्ता वली, तातोपानी गाउँपालिका–७ हुम्लाका ४५ वर्षीय धनबहादुर रावत र ५२ वर्षीय गोरख रावत घाइते भएका छन् । घाइते सबै लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ ।

बस अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको थियो । बस चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८ सोमबार ००:००  १ : ४७ बजे