८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एमाले कपिलवस्तुमा सहमति नजुटेपछि चुनावी प्रक्रिया सुरु, मतदान जारी



कपिलवस्तु ।

नेकपा एमालेको जारी जल्ला अधिवेशन अन्र्तगत कपिलवस्तुमा सहमितिमा नेतृत्व चयन हुन नसकेपछि अन्ततचुनावी प्रक्रिया सुरु भएको छ । कपिलवस्तुको जिल्ला अधिवेशन बाणगंगा स्थित बुङ्चिमा चलिरहेको छ । जारी अधिवेशन अन्र्तगत अध्यक्ष सहित उपाध्यक्ष, सचिव लगाएतका पदमा आकांक्षिहरु धेरै भएपछि कपिलवस्तुमा चुनावी प्रक्रिया अन्र्तगत मतदान सुरु भएको हो ।

अहिले साँझ देखि मतदान सुरु भएको एमाले कपिलवस्तुले जनाएको छ । अन्तिम समय सम्म सहमितिका आधारमा नेतृत्व चयनको कसर भए पनि नेताहरु बिचमा सहमति नजुटेपछि मुख्य पदका लागि चुनाव गरिएको हो । एमाले कपिलवस्तुको जिल्ला अध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा गएका छन् । नेत्रराज अधिकारी, डम्मर शर्मा र बाबुराम खनालका बिचमा चुनावी प्रतिश्प्रधा सुरु भएको छ । यस्तै उपाध्यक्षमा विश्राम थारु र हिरालाल पौडेल बिच चुनावी लडाई सुरु भएको हो ।

अहिले मतदान सुरु भएको छ । राति अबेर सम्म मतपरिणाम सार्वजनिक हुने अनुमान छ । कपिलवस्तु जिल्ला अध्यक्षका लागि ६ जना नेताहरुको नाम चर्चामा थियो । अन्त्यमा तीन जनाको चुनावी प्रतिश्प्रर्धा भएको हो । यस्तै सचिव पदका लागि भेषराज पाण्डे, विश्व कार्की र सिवी गहतराज तीन जना चुनावी मैदानमा होमिएका छन् ।

एमाले कपिलवस्तुको अधिवेशनमा ५९६ जना प्रतनिधि रहेका छन भने बाणगंगा नगरापलिकामा मात्रै २ सय बढी प्रतिनिधि छन् । यसरी हेर्दा बाणगंगाबाट उमेद्धारी दिएका उमेद्धारहरुलाई केही सहज अनुमान गरिएका छ ।

प्रकाशित मिति : २४ पुस २०७८ शनिबार ००:००  ७ : २४ बजे