कपिलबस्तु ।
राष्ट्रिय सभाका प्रमुख सचेतक एवम् एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराइले सिंगो देशको साथमा कपिलबस्तुलाई विकासको यात्रामा डोर्याउने पार्टी एमाले मात्रै रहेको दाबी गर्नुभएको छ ।
उहाले कपिलबस्तु जिल्ला जिवन्त संग्राहलयको रुपमा रहेको बताउदै यहाको पर्यटकिय क्षेत्रको विकासका लागि नेकपा एमालेसंग मात्रै दिर्घकालिन योजना रहेको दाबी गर्नुुभयो । नेकपा एमालेको ९ औ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । साथै उहाले मधेशको पहिचान, विकास र मधेसी जनताको जिवनस्तर बदल्ने काम केवल नेकपा एमालेले मात्रै गरेको र गर्न सक्ने ठोकुवा गर्नुभयो ।
यस्तै उहाले नेपालमा गरिवी मुक्त नेपाल निर्माणका लागि लागिपरेको बताउदै बालक देखि बृद्ध सम्मको जिम्मेवारी लिने पार्टी केवल एमाले मात्रै रहेको ठोकुवा गर्नुभयो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा लुम्बिनी प्र्रदेश सहइन्र्चाज विमला घिमिरेले नेकपा एमालेलाई कमजोर पार्ने षडयन्त्रलाई कपिलबस्तु जिल्लाले सफल हुन नदिने सन्देश दिनु पर्ने धारणा राख्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य गिरीधारीलाल न्यौपानेले अबको निर्वाचनमा जिल्लामा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । पार्टीको निती एजेण्डा कै कारण पछिल्लो समय पार्टीमा प्रवेश गर्नेहरुको जनलहर चलेको बताउदै देश नै एमालेमय भएको औल्याउनुभयो । साथै उहाले निकट भविष्यमा बन्दुक बोकेका हातहरु अब सुर्य चिन्ह अंकित झण्डा बोक्ने आउने दाबी गर्नुभयो ।
यसैगरी कार्यक्रममा कपिलबस्तु अध्यक्ष झविलाल पोख्रेलले आउने समयमा जनताको जनमतबाट नेकपा एमाले फेरी जिम्मेवारीमा आईपुग्ने दावी गर्दै यसका लागी सबै एकतावद्ध भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
यसै गरि कार्यक्रममा केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्र्चाज बलराम अधिकारी, केन्द्रिय सदस्य सिराज अहमद फारुकी, लेखा समिती सदस्य तथा प्रदेश सभा सदस्य तथा विष्णु पन्थी, मंगल प्रसाद गुप्ता धर्म बहादुर लाल श्रीवास्तव लागाएतले पनि उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएको थियो । यस्तै कार्यक्रमको अवसरमा नेपाली कांग्रेस लगाएत विभिन्न पार्टी परित्याग गरि १ दर्जन बढीले एमालेमा पार्टी प्रवेश गरेका छन् ।
सोही अवसरमा २०७२ सालको भुकम्पबाट क्षेतिग्रस्त स्थानमा पार्टीको सर्कुलर अनुसार पुननिर्माणमा खटिएका ४८ जनालाई सम्मान समेत गरिएको थियो । उपाध्यक्ष बाबुराम खनालको स्वागत तथा सचिव बाबुराम आचार्यको सञ्चालनमा उद्घाटन सक्र सम्पन्न भएको हो । अधिवेशनमा ६ सय बढी प्रतिनिधीहरु सहभागि भएका छन् । अधिवेशन शनिबार सम्म चल्नेछ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित १ सय २० सदस्यि जिल्ला कमिटी निर्वाचित हुने निर्वाचन समितिका संयोजक चन्द्र बहादुर खड्काले जानकारी दिनु भयो ।
प्रतिक्रिया