बुद्धभूमि ।
शिक्षा अधिकृत भट्टाराईका अनुसार शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले हिउँदे विदा दिने निर्णय गरेको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विद्यालयमा पुस २५ गतेदेखि विदा हुने भएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा पुस २५ गतेदेखि पुस ३० गतेसम्म हिउँदे विदा हुने नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टाराईले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया