८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ब्यापारिको हत्या गरि नारायणी नदिमा फाल्ने गिरोह पक्राउ



बुटवल ।

जिल्लाको रुपौलियादेखि भक्सीपुर तर्फ विवाहका लागि रिजर्भ गाडी लिएर हिडेका गोविन्द धोवी उक्त दिनदेखि वेपत्ता भएपछि परिवारजनले खोजतलासका लागि प्रहरीमा निवदेन दिएका थिए । सोही अनुरुप प्रहरीले अनुसन्धान गर्दै जाँदा सुस्ता गाँउपालिका–२ रुपैलिया स्थित वीर बहादुर राजभरको पसलबाट ब्यापारि धोबीको तिन जना व्यक्तिले हत्या योजना बनाएको प्रहरीले पत्ता लगाएको छ ।

गत असोज महिनामा भएको नवलपरासी पश्चिमका एक ब्यापारिको हत्या काण्डमा हालै प्रहरीले अभियोगी पक्राउ गरि घटनाको फेहरिस्ता बाहिर ल्याएको छ । नवलपरासी प्रतापपुर गाउँपालिका–३ पिडरहनी बस्ने वर्ष ४० को गोविन्द धोवी गत असोज ६ गते विहानदेखि वेपत्ता भएका थिए ।

जिल्लाको रामग्राम नगरपालिका–२, दुर्गाटोल बस्ने २६ वर्षीय सुदिपकुमार केवट, सुस्ता गाउँपालिका(१ वनदेवी बस्ने वर्ष ३५ को बीरबहादुर राजभर र वर्दघाट नगरपालिका १३ मझौनी बस्ने वर्ष ३० को न्यु ड्रिम्स एकेडेमी स्कुल सञ्चालक मुन्न कहर सहितका ३ जनाले ब्यापारि गोविन्द धोवीलाई हत्या गरि निजको परिवारबाट एकदेखि डेढ करोड सम्म फिरौती अशुली गर्ने योजना बनाई हत्या गरेको उनीहरुले स्वीकार गरेको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी प्रेम बहादुर शाहीले बताए ।

शाही भन्छन्–‘हत्या गरिएका गोविन्द धोवीको शव भने हामीले अझै फेला पार्न सकेका छैनौं तर घटनाको झण्डै चार महिना पछि हत्यार तिनै जनालाई भने यस महिनाको विभिन्न मितिमा पक्राउ गरे कानुनी दायरमा लिएका छौं ।’ डिएसपी शाहीका अनुसार उनीहरु २०७८ असोज ६ गते साँझ गोविन्द धोवीलाई गाडी रिजर्भ गर्ने वहाना बनाई रुपौलिया स्थित एक होटलमा बोलाई सुदिप केवट, मुन्ना कहार र वीर बहादुर राजभरले निज गोविन्द धोवीलाई अत्याधिक मात्रमा मदिरा सेवन गराएका थिए ।

तत्पश्चात मुन्ना कहारले गोविन्द धोवीको गाडी चलाई ड्राईभरको बाँया पट्टीको सिटमा गोविन्द धोवीलाई राखी सुस्ता गांउपालिका–१ स्थित छिवनी गाँउ नजिकै एकान्त स्थानमा लगी कर्तव्य गरी मारी मृत लाशलाई सुस्ता गांउपालिका–४ स्थित नारायणी नदीको ६ नम्वर ठोक्करमा फालेको अनुसन्धानबाट खुल्न आएको हो ।

तत्पश्चात मृतक गोविन्द धोवीको गाडी मुन्ना कहारले चलाएको, सुदिप केवट र वीर बहादुर राजभर मुन्ना कहारले प्रयोग गर्ने युपी ५६ एल८६४६ नम्वको मोटरसाईकलमा सुनवल नगरपालिका–१२ फरौली स्थित कच्ची सडक खण्डमा पुगी गाडी रोकी मोटरसाईकलबाट पेट्रोल निकाली लाईटरद्धारा गाडीमा आगो लगाई निजहरु तीनै मोटरसाईकलमा भागी फरार भएका थिए ।

पहिलो पटक पुस ९ गते सुदिप केवट पक्राउ परे पश्चात लाश फालिएको स्थान सुस्ता गांउपालिका–४ स्थित नारायणी नदिको ६ नम्बर ठोक्करमा नेपाल प्रहरी, स्थानिय बासिन्दा तथा सशस्त्र प्रहरी बलको गोताखोर समेतको टोलीले खोजतलाश गर्दा लाश फेला नपरेको डिएसपी शाहीले बताए ।

फरार रहेका वीर बहादुर राजभरलाई पुस १३ गते रामग्राम ५, परासीबाट पक्राउ गरिएको उनले जानकारी दिए । अनुसन्धानको क्रममा वीर बहादुर राजभरले गोविन्द धोवीको हत्यामा सुदिप केवट, मुन्ना कहार र आफु स्वयं वीर बहादुर राजभरको संग्लनता रहेको स्वीकार गरेको र उक्त हत्यामा मुन्ना कहारको बुवा सुरेन्द्र कहार समेतको संलग्न रहेको खुल्न आएको जनाईएको छ ।

गत असोाज ७गते विहान साढे ५ बजेको समयमा सुनवल नगरपालिका(१२ फरौली भन्ने स्थानमा कार जलि रहेको छ भन्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी । ९पश्चिम० मा खबर प्राप्त भएको थियो । तत्काल घटनास्थलमा प्रहरी निरीक्षक सहितको टोलि खटि गई अनुसन्धान गर्दा उक्त गाडीमा रहेको गोविन्द धोवीले प्रयोग गर्ने मोवाईल मार्फत प्रविधी अनुसन्धन प्रहरीले सुरु गरेको थियो । उक्त मोवाईलमा भएका कलहरु मार्फत प्रहरीले गत चार महिना देखि सुक्षम अनुसन्धान र उच्च निगरानी बढाउँदै आएको थियो । क्रमशः पुस १८ गते तेश्रो अभियुक्त बर्दघाट नगरपालिका–१३ मझौनी स्थित निजकै घरबाट सुरेन्द्र कहारलाई प्रहरीले पक्राउ गरेको थियो ।

नवलपारासीका प्रहरी प्रमुख एसपी मनोजकुमार यादव भन्छन् –‘ हामीले सुदिप केवटको मोवाईल नम्वरबाट मात्रै घटनाको फेहरिस्ता पत्ता लगाएका हौं । निज केवटले रुपन्देहीकी एक महिलाको नाममा रहेको मोवाई नम्वर प्रयोग गर्दै आएको रहेछ । हामीले ति महिलाको नाम ठेगना पत्ता लगाई तपाईको यो मोवाईल नम्वर कसले प्रयोग गर्दै आएको छ भनेर सोध्यौं । ति महिलाले सुदिव केवटले गत ६ महिना देखि मेरो मोवाईलन नम्वरको सिम प्रयोग गर्दै आएको छ भनेर बताईन । त्यस पछि हामीले निज केवटलाई पक्राउ गरि हत्या गरिएको स्थान , त्यस पछि शव बोकेर नारायणी नदिमा फालेको स्थान उ आर्फैले देखाउन लग्यो र हत्यामा संलग्न अन्य दुई जनाको पनि नाम बतायो र क्रमशः अन्य दुई जनालाई पनि पक्राउ गरेका हौं उनले भने

प्रकाशित मिति : २३ पुस २०७८ शुक्रबार ००:००  १ : ०७ बजे