मायादेवी अनलाइन, गोरुसिङ्गे ।
रेसिडेन्सियल ईङ्गलिस बोडिङ्ग स्कुलमा भएको खेल सप्ताहमा आज (विहिवार) तेस्रो दिन १० खेल सम्पन्न भएका छन । आज भएको खेलमा बेलुन फुटाल्ने, भित्र बाहिर, बोरा दौड, म्युजिकल चेयर, स्पुन रेस, थ्रि लेग रेस, कपर्दी, हाई जम्प, लङ जम्प, र ज्याबलीङ थ्रो लगाएतका खेल सम्पन्न भएका छन् ।
जसमा बेलुन फुटाल्नेमा छात्र तर्फबाट प्रथम स्रेयान्स थारु, द्धितिय गिरिस खनाल, तृतिय सिभम थारु र छात्रा तर्फबाट प्रथम रक्षा परियार, द्धितिय बिना थारु र गोमा न्यौपाने तृतिय भएका छन् । त्यस्तै भित्र बाहिर खेलमा कक्षा नर्सरी, एलकेजी , युकेजी अन्र्तगत छात्रतर्फ बाट रोजिन सुनार प्रथम, सुमित बेल्बासे द्धितिय युसव सुनार तृतिय र छात्रा तर्फबाट नैना खड्का प्रथम, दुर्गेश्वरी द्धितिय र इसमिका परियार तृतिय भएका छन् ।
त्यस्तै कक्षा ४ देखि ६ सम्म कपर्दी खेलमा रेड हाउस प्रथम र एलो हाउस द्धितिय भएका छन् । त्यस्तै हाईजम्प छात्रतर्फ विशाल थारु प्रथम, रोशन श्रेष्ठ द्धितिय, सुदिप थारु तृतिय र छात्रा तर्फ पुष्पा मगर प्रथम, तरना खान द्धितिय, रविसा थारु तृतिय भएका छन् ।
त्यस्तै लङ जम्पमा छात तर्फ विशाल थारु प्रथम, रोशन श्रेष्ठ द्धितिय, सुदिप थारु तृतिय र छात्रा तर्फ निशा भुसाल प्रथम, तरना खान द्धितिय र रबिशा थारु तृतिय भएका छन भने ज्याबलीङ थ्रो मा रोशन श्रेष्ठ प्रथम, साहिल पाखिया द्धितिय, र उमेश सुनार तृतिय भएका हुन् । त्यस्तै कक्षा १ र २ को भित्र बाहिर खेलमा रिसिका के. सी. प्रथम, रोमन घर्ती द्धितिय र रिमिस घर्ति मगर तृतिय भएका छन् ।
यस्तै बोरा दौड खेलमा छात्रतर्फ प्रविन घर्ति प्रथम, विवश थापा द्धितिय, आयुष थारु तृतिय र छात्रा तर्फ कविता क्षेत्री प्रथम, अंकिता थारु द्धितिय र प्रिती थारु तृतिय भएका छन् भने यता म्युजिकल चेयरमा विवश थापा प्रथम, एजिला भट्टराई द्धितिय र विदान भट्टराई तृतिय भएका छन् ।
यस्तै स्पुन रेसमा सिवानी वस्नेत र सलिना आचार्य प्रथम, अंसिका श्रेष्ठ द्धितिय र विपशा पाण्डे तृतिय भएका छन् । यस्तै थ्री लेग दौडमा अविना थापा र पवित्रा थारुको समूह प्रथम, लक्ष्मी थारु र रोजिना थारुको समूह द्धितिय र अनिशा शर्मा र करुणा थारुको समूह तृतिय भएको जानकारी विद्यालयकी शिक्षिका राधा खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया