मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा एमाले निकट अनेरास्ववियुका स्थायी कमिटि सदस्य टुकलाल गैरेले नेकपा एमालेको जिल्ला सदस्यको लागि उम्मेदवारी घोषणा गर्नु हुने भएको छ ।
पौष २३ र २४ गते बाणगंगाको सिद्धार्थ क्याम्पसमा हुने एमालेको जिल्ला अधिवेशनमा गैरेले आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारी गर्नु भएको हो ।
पार्टीको जिल्ला सचिवालय सदस्य, विद्यार्थीको लुम्बिनी प्रदेश सह इन्चार्ज तथा जिल्ला इन्चार्जसमेत रहनु भएका गैरेले पार्टीमा युवा र विद्यार्थीहरुलई अगाडी बढाउने आफ्नो उम्मेदवारी रहने बताउनु भयो ।
गैरेसंगै यसपटक एमाले कपिलवस्तुमा जिल्ला सदस्यको लागि उम्मेदवारी दिने धेरै युवा आकांक्षी छन् ।
प्रतिक्रिया