दीपा महत, जीतपुर ।
कोभिड-१९ ले सामाजिक क्षेत्रमा पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार एलायन्स कपिलवस्तुको आयोजनामा विहीबार जीतपुरमा भएको अन्तरक्रियामा कोभिडले पारेका प्रभाव र सृजना गरेका अवसरको बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा मानवअधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोम नारायण पौडेलले कोभिडले सामाजिक बिकास तथा निर्माणमा पारेका प्रभाव र अवसरका विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । उपाध्यक्ष पौडेलले कोभिडले समस्यासंगै विभिन्न अवसर पनि संगै ल्याएकोले अवसरलाइ चिनेर अगाडि बढ्नुपर्ने बताउनु भयो । कोभिडले शिक्षालाई प्राविधिमैत्री, युवालाई स्वदेशमा नै उत्पादनको क्षेत्रमा परिचालन गर्नु पर्छ भन्ने भावनाको बिकास गराएको पौडेलले बताउनु भयो ।
यसका साथै देशको रुपान्तरणमा युवाहरूलाई परिचालन गर्न, देशमा अस्पतालको अवस्था राम्रो बनाउनुका साथै नेपालले विभिन्न जडिबुटीलाई अन्तर्राष्ट्रिय बजारमा बिस्तार गर्न सक्ने अवसर कोभिडले प्रदान गरेको उहाँको भनाइ छ । महामारीको समयमा ३ तहका सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै गैरसरकारी संस्थाको भूमिका प्रसंशनिय रहेको बताउनु भयो ।
कार्यक्रममा मानवअधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेले कोभिडले शिक्षा क्षेत्र र बिद्यार्थीमा पारेको प्रभावबारे प्रस्तुतीकरण राख्नु भएको थियो । अध्यक्ष घिमिरेले कोभिडले देशको अर्थतन्त्र सङ्गै शिक्षा क्षेत्रमा पनि प्रभाव परेको बताउनु भयो ।
लामोसमयको लकडाउन र अझै पनि कोरोनाका विभिन्न भेरिएन्ट फैलनुले बिद्यार्थीमा आफ्नो भबिस्यलाई लिएर नैरास्यता पैदा भएको घिमिरेको भनाई छ । हरेक चुनौती तथा समस्या सङ्गै अवसर पनि सङ्गै आउने हुँदा कोरोनाले बिद्यार्थीमा केही सकारात्मक कुरा सिकाएको बताउनु भयो । कोरोनाको बेला धेरै अभिभावक आफ्नो छोराछोरी सङ्गै बस्ने मौका पाउनु भो यसले गर्दा बालबालिका ले नैतिक शिक्षा हासिल गर्न सके यति मात्र हैन उनिहरुमा सरसफाइ लगाएरत जीवन सिपको बिकास भयो यो सकारात्मक पक्ष हो उहाले भन्नुभयो ।
कार्यक्रममा मानव अधिकार एलाइन्सका जिल्ला उपाध्यक्ष गीता भुसाल, जिल्ला सदस्य कुलराज भुसालले बोल्दै अन्तरक्रिया प्रभावकरी रहेको बताउनु भयो । एलाइन्सका जिल्ला सचिव थानेश्वर अधिकारीको सन्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, मानव अधिकारकर्मी पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया