मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका बामपन्थी युवा नेता छवि रेश्मी (मगर) ले नेकपा एमाले कपिलवस्तुको जिल्ला सदस्यको लागि उम्मेदवारी घोषणा गर्नु हुने भएको छ । भोलि र पर्सी हुने एमालेको जिल्ला अधिवेशनमा रेश्मीले आफ्नो उम्मेदवारी रहने घोषणा गर्नु भएको हो । कपिलवस्तु उद्योग बाणिज्य संघमा लोकप्रिय मतसहित वरिष्ठ उपाध्यक्ष पदमा जित हासिल गर्नु भएका रेश्मी युवाहरुमाझ सुपरिचित हुनुहुन्छ । लामो समय एमालेमा सक्रिय राजनीति गर्नु भएका रेश्मीले पार्टीमा युवाहरुलाई एक ढिक्का बनाउन र विचार स्थापित गर्नको लागि आफ्नो उम्मेदवारी रहने जनाउनु भएको हो । आफू युवाहरुको प्रतिनिधि पात्र भएकाले जिल्ला सदस्यमा उम्मेदवारी दिएर विजयी हुने उहाँले बताउनु भयो ।
सबैलाई सहयोगको लागि अनुरोध गर्दै ‘विचारले नेतृत्व स्थापित गर्छ‘ शीर्षकमा फेसबुकमा छवि लेख्नुहुन्छ “सबै युवक युवा हुँदैनन् अनि सबै वृद्ध बुढा हुँदैनन् । सोच्ने र काम गर्ने कलाले बुढो भएर पनि उनीहरू युवक नै रहन्छन्। जसलाई यी कलाहरु छैन ती युवा भएर पनि बुढो कहलिन्छ शिवाय उमेरबाहेक ।
युवा एक सोच हो, उर्जा हो, एक अदम्य साहस हो । चाहे जनयुद्ध होओस्, २०६२ । ०६३ को जनआन्दोलन होओस् या हिटलरको पाला होओस् अथवा रुसको अक्टोवर क्रान्ति । सबै संघर्षमा युवाको महत्वपूर्ण भूमिका रहेको थियो । माओले भने जस्तै “यो संसार हामीहरुको पनि हो मुख्यतया युवाहरुको, किनकी हामी अस्ताउदा सुर्य हौ भने युवा उदाउदा सुर्य हुन” भन्ने भनाइबाट नै युवाहरुको भूमिका देश र दुनिया बनाउन कति महत्वपूर्ण हुन्छ भन्ने प्रष्ट हुन्छ । केहि गर्नु छ भने सुरुवात आफै बाट गर्नु छ । दुनिया देश परिवर्तन गर्न चाहानेले राम्रो कामको सुरुवात पहिले आफैबाट गर्नुपर्छ ।
राष्ट्रप्रतिको दायित्वलाई जिम्मेवारपुर्वक मनन गरेर अहोरात्र समृद्ध नेपाल निर्माणका लागि खटिनु पर्दछ । विगतमा हामी के थियौ भन्ने चिन्ता होइन, भविष्यको चिन्तन मनन गर्न थाल्नुपर्दछ अनि बर्तमानमा असल कार्यको सुरुवात गरे मात्र सम्भव हुन्छ, समृद्ध राष्ट्र सुखी नेपालीको सपना । अहिलेका युवा हामी राजनीतिमा लागेका लिडरहरुलाई नकारात्मक टिप्पणी मात्र गर्दछौ र आफु जिम्मेवारीबाट पन्छन खोज्छौँ । तर यो उल्टो भैइरहेको छ । एउटा भनाइ छ नि “जब हामी कुनै कुरा सिक्न शुरु गछौँ तब हामि जित्न सुरु गर्छौ ।”
राजनीतिमा पनि युवाहरुको उत्तिकै महत्वपूर्ण संलग्नता आवश्यक छ र त्यो भित्र छिरेपछि मात्र हामी आफ्ना एजेण्डाहरु राष्ट्रिय राजनीतिमा प्रवेश गराउन सक्छौँ , अनि मात्र असम्भव लाग्ने हाम्रो लक्ष्य तब पुरा गर्न सक्छौ जब हामी त्यस भित्र छिर्छौँ । अनि मात्र देश नयाँ सोच विचारका साथ युवा जोस सहित विकासको बाटोमा अगाडि बढ्छ । समृद्ध नेपालको पुर्वसर्त भनेकै नयाँ सोच उर्जाशिलता र क्रियाशिल नेतृत्व, राष्ट्रप्रतिको दायित्त्वलाई जिम्मेवारपुर्वक मनन गरेर अहोरात्र समृद्ध नेपाल निर्माणका लागि खटिनु पर्दछ । विगतमा हामी के थियौ भन्ने चिन्ता होइन, भविष्यको चिन्तन मनन गर्न थाल्नु पर्दछ अनि बर्तमानमा असल कार्यको शुरवात गरे मात्र सम्भव हुन्छ । समृद्ध नेपाल सुखी नेपाली । देश र समाज लाई नयाँ दिशा दिन हिडेको यात्री हुँ म । यात्रा निरन्तर ।”
लाल अभिवादन !
प्रतिक्रिया