कपिलवस्तु ।
नेपाली कांग्रेस लुम्विनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले अब नेपाली कांग्रेस चलायमान भएर अगाडी बढ्ने बताएका छन् ।
विभिन्न गुट उपगुट संगठनको चुवावमा मात्र भएकोमा अबका दिनमा सबै एक भएर संगठन अगाडी बढ्ने आचार्यले बताए । यशोधरा गाउँपालिका वडा नं ४ मा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्यले यस्तो बताएका हुन् ।
साथै पार्टीको निर्वाचमा प्रतिसप्रर्धाबाट विजयी हासील गरेका र प्रतिस्पर्धामा केही साथीहरुले पराजय भोगपनि आगामी दिनमा पार्टी र जनताको काममा सबैको भूमिका बराबरी हुने समेत आचार्यले बताए । अव पाटी नेतृत्व र आम कार्यकर्ता जनताका पिर मर्का समस्या समाधान गर्न र आउदै गरेका तिनै तहको निर्वाचनमा पार्टीलाई जिताउन लाग्नुपर्ने बेला आएकोले सोही अनुसार काम गर्ने बेला आइसकेको समेत आर्चायले बताए ।
कार्यक्रममा जिल्ला सभापति अब्दुल कलामले नेपाली कांग्रेसको १४ औ महाधिवेनमाबाट कांग्रेसमा उत्साह आएकोले संगठन मजबुद भएको औल्याए । आगामी दिनमा जनताका समस्या र विकासका मुद्धामा कांग्रेस गाउं गाउंमा गएर काम गर्ने समेत कलामले बताए । सो अवसरमा पुर्व एसएसपी तथा महाधिवेशन प्रतिनिधी विक्रम सिंह थापाले हरेक जनताका समस्यामा आफुहरु सधै संगै रही शान्ति र भयरहित समुदाय निर्माण गर्न आफुहरु लाग्ने बताए ।
हरिहर तिवारीको अध्यक्षता र प्रभाकर चौहानको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सदस्य प्रमलक्ता भट, जिल्ला सह उपाध्यक्ष रजतराज आचार्य, सह सचिव विरेन्द्र कुमार मिश्रा, क्षेत्रिय सचिव गगेशनाथ तिवारी, मोल्वी हारुन,राजकुमार पाण्डेय लगायत बोलेका थिए । कार्यक्रममा शैलेन्द्र ओझाले स्वागत मनतब्य राखेका थिए ।
प्रतिक्रिया