८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

१९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल १ सय ५४ रनले पराजित



काठमाण्डौ ।

१९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । यूएईमा आज शुक्रवार भएको खेलमा नेपाल बङ्गलादेशसँग एक सय ५४ रनले पराजित भएको हो ।

शारजाह क्रिकेट मैदानमा बङ्गलादेशले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४२ ओभर ३ बलमा अलआउट हुँदै एक सय ४३ रनमै सीमित भयो । नेपालका लागि गुलशन झाले सर्वाधिक ३५ रन बनाए । यस्तै विवेक यादव २६ रनमा आउट भए । बङ्गलादेशका तान्जिम हसन शकिब, राकिबुल हसन, मेहेरुब र नईमुर रोहमानले दुईरदुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा चार विकेट गुमाएर दुई सय ९७ रन बनाएको थियो । बङ्गलादेशका लागि प्रान्तिक नबिलले अविजित रहँदै एक सय २७ रन बनाए । नेपालका गुलशन झा तिलक भण्डारी मोहम्मद आदिल आलमले एक–एक विकेट लिए ।समूह बी मा रहेको नेपालले दोस्रो खेलमा पर्सि आइतवार श्रीलङ्कासँग खेल्नेछ ।

प्रकाशित मिति : १० पुस २०७८ शनिबार ००:००  ६ : ०५ बजे