गुल्मी ।
मोटरसाइकल दुर्घटनामा गुल्मीदरबार गाउँपालिका–४ बिरबासका ३० वर्षीय पदम ढेगाको मृत्यु भएको छ । बिरबासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार बिहीबार राति मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झर्दा गम्भीर घाइते भएका ढेगाको श्रङगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनास्थलको मुचुल्का तयार गरी शव गुल्मी अस्पतालमा ल्याइएको छ। शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने पाण्डेले जानकारी दिए ।
मोटरसाइकलमा पछाडि सवार बिरबासका ३१ वर्षीय धनकुमार ढेगाको अनुहारमा सामान्य चोट लागेको र उनको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया