८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विद्युत् व्यापार कम्पनीले पायो लाइसेन्स




काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई सरकारले बिजुली व्यापारको लागि अनुमति दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा सरकारले ‘नेपाल पावर ट्रेडिङ कम्पनी’ (एनपीटीसी) लाई इजाजत दिएको हो । उर्जामन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एनपीटीसीलाई अनुमति दिइएको जानकारी दिइन् ।

चाँडै निजी क्षेत्रलाई पनि यस्तो लाइसेन्स दिइने मन्त्री भुसालले बताइन् । विद्युत् व्यापार कम्पनी स्थापनाका लागि अहिलेको कानुनी व्यवस्था स्पष्ट छैन । त्यस्ता कम्पनीलाई कुन निकायले इजाजत दिने र नियमन गर्ने भन्ने विषयमै अन्योल थियो ।

ऊर्जा मन्त्रालयले प्राधिकरणको सहायक कम्पनी मात्र नभई निजी क्षेत्रलाई पनि यस्तो इजाजत दिन सकिने बताउँदै आएको छ । तर त्यसको कानुनी आधार बनिनसकेका कारण मन्त्रिपरिषद्को विशेष अधिकारबाट इजाजत दिइएको हो ।

प्रकाशित मिति : ९ पुस २०७८ शुक्रबार ००:००  ४ : ३८ बजे