दीपा महत, जितपुर ।
युनाइटेड नेशनल हस्पिटल प्राली वाणगंगाले आयोजना गरेको हार्डजोर्र्नी, नसा तथा बाथ रोग सम्बन्धी निःशुल्क शिविरमा १ सय ५० बढीले सेवाले लिएको मेडिकल सुपरिटेन्डेन्ट डा. पूर्ण घर्तीले मायादेवी अनलाइनलाई बताउनुभयो ।
शुक्रबार युनाइटेड नेशनल हस्पिटलले हार्डजोर्नी नसा सम्बन्धी रोगका विरामीहरुलाई लक्षित गरेर निःशुल्क शिविर आयोजना गरेको थियो । शिविरमा कपिलवस्तु जिल्ला सहित छिमेकी जिल्ला रुपन्देही र अर्घाखाँचीबाट पनि बिरामी आएर सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले जानकारी दिनुभएको छ ।
युनाइटेडले यस अघि पनि विभिन्न समयमा शिविरहरु आयोजना गरेको भन्दै आगामी दिनमा पनि जनताको लागि निशुल्क शिविर संचालन गर्ने बताउनुभयो । यसले आर्थिक अवस्थाका कारण अस्पताल आउन नसकेका विरामी लाभान्वित भएको उहाको भनाई छ ।
आज भएको निःशुल्क शिविरमा जाँच गराएका मध्ये धेरै महिलामा हार्डजोर्नी सम्बन्धी समस्या देखिएको छ । अधिकांश महिला हातखुट्टा दुख्ने समस्या लिएका आएका हुन् । शिविरमा वरिष्ठ हार्डजोर्नी, नसा रोग विशेषज्ञ डाक्टर समीर खान लगाएतको टोलीले विरामीको जाँच गरेको थियो ।
अधिकांश हार्डजोर्नी सम्बन्धी समस्या देखिएको भन्दै यस्ता शिविरले गरिव तथा विपन्न परिवार लाभान्वित हुने डाक्टर खानले बताउनुभयो । साथै स्वास्थ्य सम्बन्धी जनतामा सचेतना जगाउनपनि शिविर प्रभावकारी बन्ने उहाको भनाई छ । शिविरमा बाथरोग चेकजाँचपनि गरिएको छ ।
यसका साथै युनाइटेड नेशनल हस्पिटल प्रालीले अन्य दिनमा पनि जेष्ठ नागरिक, अपाङग तथा एकल महिलाको लागि निःशुल्क ओपिडी टिकटको ब्यवस्था गरेको छ ।
जिल्लाकै सुविधा सम्पन्न युनाइटेड नेशनल हस्पिटल प्राली वाणगंगा नगरपालिका ४ ठाकुरापुरले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिइरहेको छ । आगामी दिनमा विरामीलाई बुटवल काठमाडौं धाउन नपर्ने गरि अस्पतालका सेवा सविधा थप गरिने कार्यकारी निर्देशक सुन्दर आचार्यले बताउनुभयो ।
अस्पतालले अन्य विभिन्न रोगसम्बन्धी १०–१० दिनमा निःशुल्क शिविर आयोजना गर्ने अस्पतालका अध्यक्ष मूनाराम चालिसेले बताउनुभयो । युनाइटेडलाई विश्वास गरेर जिल्लाका विभिन्न स्थान र अन्यजिल्लाबाट आउने सबैलाई उहाले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रतिक्रिया