मायादेवी अनलाइन, जितपुर ।
वाणगंगा नगरपालिका चार नम्बर जितपुरमा रहेको श्री विनायक बचत तथा ऋण सहकारी संस्थाको आठौ साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार वाणगंगाको कुलापानी हलमा भएको साधारण सभामा बोल्ने वक्ताले सहकारीलाई अब उत्पादनमूखी बनाउनुपर्नेमा जोड दिएका छन् ।
वाणगंगाका मेयर मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लुम्बिनी सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचार्यको विशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रममा लालीगुरास बचत तथा ऋण सहकारीका अध्यक्ष सालिकराम भुसाल लगाएले बोल्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट उद्यमी तथा ऋणीहरुलाई सम्मान गरिएको छ । सहकारीमा रहेका २३ जना असल ऋणीलाई खादा र सम्मानपत्रले सम्मान गरिएको थियो एकजना असल ऋणी र उत्कृष्ट २ विद्यार्थीलाई नगद र दोसल्लाले सम्मान गरेको सचिव खिमानन्द पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सचिव पौडेलले वार्षिक प्रगती तथा आगमी वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विष्णु प्रसाद न्यौपानेले आर्थिक वर्ष ०७७। ७८ को वित्तिय गतिविधी प्रस्तुत गर्नुभएको थियो । यसैगरी लेखा समिती संयोजक नन्द किशोर शुक्लले लेखा सुपरिवेक्षण समितीको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष राम प्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मुक्तीराम कडेंलले स्वागत मन्तब्य राख्नुभएको थियो भने संचालन सचिव खिमानन्द पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीका सदस्य, सहकारी अभियान्ता, पत्रकार लगाएतको उपस्थिती थियो । २०७१ सालबाट कोरोबार सुरु गरेको सहकारीमा हाल ४ सय २१ सदस्य रहेका छन् । १ करोड २६ लाख ८४ हजार शेयर पुजी रहेको सहकारीको कुल पुजी ३ करोड ७५ लाख २४ हजार ५ सय २१ रहेको छ ।
यस्तै आजै सहकारीको चौथो अधिवेशनले नयाँ कार्यसमिती चयन गर्नेछ ।
प्रतिक्रिया