बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीको पार्टी कार्यालय उद्घाटन भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललले शनिबार एक समारोहका बीच पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।
बुटवल– ८ सुख्खानगरमा प्रदेश र जिल्ला कमिटीको संयुक्त कार्यालय स्थापना भएको हो । कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले कार्यालयलाई स्मार्ट रुपमा अघि बढाउन आग्रह गरे । उनले निर्वाचनहरु नजिक आइरहेकाले तथ्यांकहरु, पार्टीका कागजपत्र चुस्त दुरुस्त रुपमा राख्न समेत आग्रह गर्दै प्रविधिको उच्चतम प्रयोग गर्न सुझाव दिए ।
उद्घाटन समारोहमा पार्टीका उपमहासचिव डा। विजय पौडेल, सचिव भागवत विश्वासी, पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा। बालकृष्ण चापागाईं, रुपन्देही जिल्ला सह–इन्चार्ज सिद्धिचरण भट्टराईलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यालय स्थापनासँगै पार्टीका नियमित कामलाई व्यवस्थित रुपमा अघि बढाउने जिल्ला अध्यक्ष राजु गुरुङले बताए । कार्यक्रमको सञ्चालन उपसचिव सरिता श्रीसले गरेकी थिईन्।
प्रतिक्रिया