काठमाण्डौ ।
एसेज श्रृङ्खला अन्तर्गतको पहिलो टेष्ट अष्ट्रेलियाले नौ विकेटले जितेको छ । ब्रिस्वेनमा इंग्ल्याण्डले दिएको २० रनको लक्ष्य अष्ट्रेलियाले चौथो दिनको खाना समय अघि नै मात्र १ विकेट गुमाएर भेटायो ।
पहिलो पारीमा इंग्ल्याण्डलाई एक सय ४७ रनमा अलआउट गरेको अष्ट्रेलियाले चार सय २५ रन बनाएको थियो । दोस्रो पारीमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियाले इंग्ल्याण्डलाई दुई सय ९७ रनमा अलआउट गरे पनि जम्मा २० रनको लक्ष्य पाएको थियो । दोस्रो पारीमा इंग्ल्याण्डका डेविड मलानले ८२ र कप्तान जोय रुटले ८९ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका नाथन लायनले चार, क्यामरन ग्रिन र प्याट कमिन्सले दुईरदुई तथा मिचेल स्टार्क र जोस हजलउडले एकरएक विकेट लिए ।
जितसँगै अष्ट्रेलियाले पाँच खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । दोस्रो टेष्ट डिसेम्बर १६ तारिखमा एडिलेडमा हुनेछ ।
प्रतिक्रिया