बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको चोरी सिकार गर्न हतियारसहित प्रवेश गरेका चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–७ का २७ वर्षीय लक्षमण गिरी, ६२ वर्षीय भद्रबहादुर वली, ५६ वर्षीय ठगबहादुर थापा र २२ वर्षीय ललित घर्तीलाई चोरी सिकारको अभियोगमा पक्राउ गरेको निकुञ्जले जनाएको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सुर्खेतको चिउरीबास मध्यवर्ती सामुदायिक वन हुँदै प्रवेश गरेपछि पक्राउ परेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
उनीहरुबाट तीन थान भरुवा बन्दुक, ४१ थान गोलीलगायतका सामाग्री बरामद गरेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जनाए । पक्राउ परेका विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया