बाबुराम रायमाझी,मायादेवी अनलाइन, चारनम्बर ।
घरबाटै शुरु गरौ,महिला हिंसा अन्त्य गरौ भन्ने मूल नाराकासाथ जिल्ला प्रशासन कार्यालय कपिलवस्तु,जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना गैर सरकारी संस्था महासंघको समन्वय र शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल,सिद्धार्थ सामाजिक बिकास केन्द्र,कालिका स्वालम्बन सामाजिक केन्द्र् ,सनसाइन सामाजिक केन्द्र,पत्रकार महासंघ कपिलवस्तु लगायत जिल्लामा रहेका क्रियाशिल गैर सरकारी संस्थाको सहयोगी संस्थाको रुपमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान र कपिलवस्तु जिल्लामा लैंगिक हिंसाको अवस्था सम्वन्धी कार्यपत्र प्रस्तुत तथा सरोकारवाला वीच बृहत अन्तरक्रिया कार्यक्रम कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
सो अन्तरक्रिया कार्यक्रममा कपिलवस्तु जिल्लामा लैंगिक हिंसाको समग्र अवस्थाको बारेमा रत्नकाजी बज्राचार्यले कार्यपत्र प्रस्तुत गद्र्रै लैंगिक हिंसाबाट बालबालीकामाथि पर्ने असर,लैंगिक हिंसाबाट हुने दुष परिणम,सामाजिक आर्थिक असर,घरेलु हिंसा मानव वेचबिखन, बाल विबाह जस्ता कुरितीका बारेमा जानकारी गराइएको थियो ।कार्यक्रममा मधेश मानव अधिकार गृह माहुरी होमबाट शुद्धोदन गाउँपालिकाका अति विपन्न परिवारका ५ जना बिधार्थीहरुलाई शैक्षक सामाग्रीहरु संस्थाका अध्यक्ष रवि ठाकुर,प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका उप संयोजक तथा कार्यक्रमका अध्यक्ष तारावति चौधरीले कुनैपनि प्रकारको लैंगिक हिंसा भएमा सहेर नबसौ हिंसा भएमा उजुरी गनुपर्छ ,लैंगिक हिंसामा पुरुष भन्दा महिला बढि पिडित हुने कुरा बताएका थिए ।कार्यक्रममा लैंगिक हिंसा र विभेदको अन्त्य आर्थिक रुपान्तरण, अवको गन्तब्य ।
हामी सबैको गन्तब्य ,लैंगिक हिंसाको अन्त्य घरैबाट शुरु गरौं,महिला हिंसाको अन्त्य जस्ता नारा लेखिएका थिए । कार्यक्रममा कपिलवस्तका १० वटै स्थानिय तहका महिला बिकास शाखाका प्रतिनिधीहरुको सहभागिता रहेकोे थियो ।
प्रतिक्रिया