८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ओलीले ढाट्यो तर यो सरकारले भुमिहिनहरुलाई लालपुर्जा दिएरै छोड्छः मेटमणी चौधरी



मायादेवी अनलाइन चारनम्बर ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का पोलिट ब्यूरो सदस्य मेटमणी चौधरीले वर्तमान सरकारले नै भुमिहिनहरुलाई लालपुर्जा दिने दावी गर्नुभएको छ । लालजुर्जा दिने ललिपप देखाएर जनतामाथि इमोश्नल ब्ल्याकमेल गर्ने काम केपी ओलीको पार्टी एमालेले गरेको भन्दै नेकपा एसले त्यसो नगर्ने बताउनु भयो ।

पार्टीको कपिलवस्तु भेलालाई विशिष्ट अतिथि दीर्घाबाट सम्बोधन गर्दै उहाँले हिजो जहाँजहाँबाट भूमिहिनलाई लालपुर्जा दिने भनिएको थियो त्यहीँबाट लालपुर्जा दिने कामको सुरुवात हुने चौधरीको भनाई छ । लुम्बिनी प्रदेशका अध्यक्षसमेत रहनुभएका उहाँले प्रधानमन्त्री शेर बहादुर देउवा पनि यस विषयमा संवेदनशिल रहेको बताउनु भयो । बनेको भूमि आयोगले अहिले धमाधम काम गरिरहेको भन्दै केही दिनमा नयाँ कुरा बाहिर आउनेमा सबैलाई चौधरीले आश्वस्त पार्नुभयो ।

फरक प्रसंगमा उहाँले अबको चुनाबमा नेकपा एमाले पत्तासाफ हुने र आफ्नो पार्टी पहिलो शक्ती बन्ने दावी गर्नुभयो ।
देशका ७७ वटै जिल्लामा नेकपा एस गठन भएको भन्दै हरेक जिल्लामा उत्साहपूर्ण सहभागीता नै यसको प्रमाण रहेको चौधरीको भनाई छ । अबको निर्वाचन ओली नै झापाबाट हार्ने अनुमान गर्दै तयसपछि ओली कम्पनीको अहंकार समाप्त हुने चौध्रीको ठोकुवा छ ।

कार्यक्रममा केन्द्रिय सदस्य छेत्र बहादुर खत्री, जिल्ला अध्यक्ष लंक बहादुर हमाल लगायतले बोल्दै अबके शक्ति नेकपा एस नै रहेको बताउनु भयो । सचिव सबे्रन्द्रदेव खनालले संचालन गर्नुभएको कार्यक्रममा हजार बढीको सहभागिता थियो भने जिल्लाका १० वटै पालिकाबाट बिभिन्न पार्टी परित्याग गरी सयौको कर्यकर्ता नेकपा एसमा प्रवेश गरेका थिए । कार्यक्रमपूर्व चन्द्रौटाबाट खरेन्द्रपुरसम्म मोटरसाइकल र्यालीपनि गरिएको थियो । नव प्रवेशीलाई प्रमुख अतिथी विश्वासी लगायतले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७८ शुक्रबार ००:००  ७ : ५१ बजे