८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेकपा एसप्रतिको जनलहर देखेर एमाले थरथरी काँपेको छः भागवत विश्वासी




मायादेवी अनलाइन, जितपुर ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव भाग्वत विश्वासीले नेकपा एमाले नेकपा एसलाई देखर थरथरी कापेको बताउन भएको छ । कपिलवस्तुको जिल्ला भेलालाई बिहिबार शिवराज नगरपालिका ५ खरेन्द्रपुरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । लुम्बिनी प्रदेश इन्चार्ज समेत रहनु भएका नेता विश्वासीले समाजवादीप्रति देशब्यापाी जनलहर बढेको देखेर नेकपा एमाले आत्तिएको बताउनु भयो ।

ओलीको प्राइभेट लिमिटेडमा विचार सकिसकेको बताउँदै उहाँले देशभरको जनलहरले आफ्नो पार्टी अबको वैकल्पिक शक्ति बनेर उदाउन लागेको बताउनु भयो । यो देखेपछि एमालेका अध्यक्ष र कार्यकर्ताको निद्रा हराम भएको उहाँको भनाई छ । देशमा अहिले बेरोजगारी मुख्य समस्या रहेको भन्दै बेरोजगारीलाई हटाउदै सम्पूर्ण नागरिकलाई आयआर्जन संग जोड्नेकाम नेकपा एसले गर्ने विश्वासीको दावी छ । प्रदेश इन्चार्ज विश्वासीले माधव कुमार नेपालको तुलना केपी ओली संग हुनै नसक्ने ठोकुवा गर्नुभयो ।

कहाँको कम्यूनिष्ट आन्दोलन सक्काउने केपी ओली कहाको माधव नेपाल उहाहरु विच तुलना हुनै सक्दैन उहाले भन्नुभयो । ओलीको पार्टीले दलाल पुजिँबादलाई प्रशय दिएको भन्दै यस्ता दक्षिणपन्थीले मुलुकलाई अधोगतिमा लग्दै गरेको उहाँले बताउनु भयो । एमाले र राप्रपाजस्ता दक्षिणपन्थी आगामी चुनावमा हराउन काँग्रेश लगायतको गठबन्धन कस्सिएर लाग्नु पर्ने उहाँको भनाई छ । दक्षिणपन्थीलाई हराउन काँग्रेशका साथीहरु मुखयगरी जिम्मेवार बन्नु पर्ने उहाँको भनाई छ ।

नेपालमा भएका कम्यु निष्ट पार्टीबिच एकता गरेर कम्यूनिष्ट आन्दोलनलाई जोगाउनुपर्ने भन्दै केपी ओलीको आफ्नै दम्भ र अहंकारले गर्दा प्रदेश हुदै केन्द्रबाटपनि सत्ताच्यूत हुनुपरेको कार्यकर्तालाई स्पष्ट पार्नुभयो । सूर्य चिन्ह जनताको लागि अभिसाप बनेको भन्दै अब समाजवादीको कलम चिन्ह्ले परिवर्तनको विगुल फुक्ने उहाको भनाई छ ।

नेकपा एमाले पार्टी नभएर केपी ओलीको प्राइभेट कम्पनी भएको भन्दै उक्त पार्टीमा केपी ओलीको जयजयकार गर्ने मात्र नेता तथा कार्यकर्ता भएको बताउनुभयो । नेकपालाई फुटाउने, एमालेलाई फुटाउने इत्यादी गरेर नेपालमा कम्य्निष्ट आन्दोलन सक्ने खल पात्र केपी ओली नै रहेको उहाँले खुलासा गर्नुभयो ।कपिलवस्तुमा नेकपा एसप्रतिको जनलहर देखेर आफू उत्साहित भएको भन्दै जिल्लाका नेता कार्यकर्तालाई धन्यबाद समेत दिनुभयो । जिल्ला भेलामा १ हजार भन्दा बढी नेता कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७८ शुक्रबार ००:००  ६ : ३५ बजे