८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगामा मनाइयो स्वयमसेविका दिवस, २३ जना सम्मानित




मायादेवी अनलाइन, जितपुर ।

१८ औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस वाणगंगामा पनि मनाइएको छ । आइतबार नगरपालिमा एक कार्यक्रम गरेर दिवस मनाइएको हो ।

‘स्वस्थ जीवन शैली हाम्रो आवश्यक्ता, संकट न्यूनिकरणमा महलिा सामुदायिक स्वास्थ्य स्वयमसेविका’ भन्ने नारा सहित मनाइएको दिवसमा स्वयमसेविका र स्वास्थ्य शाखामा कार्यरत कर्मचारीले ४ नम्बर जितपुर परिक्रमा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरपालिकाका उपमेयर चक्र अर्यालले स्वयमसेविकाले सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान प्रशंसनिय रहेको बताउनुभयो ।

स्वयमसेविकाले काम अनुसारको सेवासुविधा नपाएको बताउनुभयो । नगरपालिकालाई ऐननियमले बाध्नेहुँदा कतिपयकुरा गर्छु भन्दा पनि सम्भव नहुने उहाको भनाई छ । तर नगरपालिकाले स्वयमसेविाको कामको उच्च मुल्याङकन गरेको जिकिर गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी बासुदेब खनालले स्वयमसेवक आफैमा परोपकार संग जोडिएको भन्दै यसको तुलना अर्थ संग गर्न नसकिने बताउनुभयो ।

स्वयमसेविकाले गरेको कामको नगरपालिकाले उच्च मुल्याङकन गर्ने भन्दै आफ्नो कामलाई निरन्तर जारी राख्न आग्रह गर्नुभयो ।


यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले स्वयमसेविका गाउँका डाक्टर भएकाले उनिहरुले धेरैको जीवन बचाउन सहयोग गरेको बताउनुभयो । मान्छेले अहिले धर्म कमाउन करोडौ खर्च गर्ने गरेको भन्दै स्वयमसेविकाले गरेको काम परोपकार रहेकोबताउनुभयो ।

नगरपालिकाका प्रवक्ता समेत रहनुभएका पौडेलले हरेक कुरा अर्थ संग नजोडिने भन्दै तथापी नगरपालिकाले स्वयमसेविकाको उच्च मुल्याङकन गरेको बताउनुभयो । आगामी दिनमापनि सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले पनि स्वयमसेविकाले गरेको काम प्रशंसनिय रहेको बताउनुभयो । स्वयम सेविका स्वयम ब्यक्तीले गर्ने सेवा भएकालेपनि आफ्नो काम तथा जिम्मेवारी प्रति गर्व गर्नुपर्ने बताउनुभयो ।

आफुपनि २४ वर्ष स्वयमसेविका रहेको काम गरेको अनुभव सुनाउदै स्वयमसेविकाको मर्का समस्यालाई महसुस गर्न सक्ने बताउनुभयो ।

यस्तै स्वयमसेविका मन्जु भुसालले भने आफुहरुको कामलाई नगरपालिकाले मुल्याङकन गर्न नसकेको गुनासो गर्नुभयो । स्वयमसेविकालाई राज्यलेनै दिनेभनेको बनेस रकम समेत नगरपालिकाले उपलब्ध गराउन नसकेको भन्दै यहिले सम्मपनि परिचय पत्र नबनेको जानकारी दिनुभयो ।

स्वयमसेविकाको चार्डको रुपमा रहेको कार्यक्रममा पनि जनपतिनिधीले समय दिन नसकेको भन्दै आक्रोस पोख्नुभयो । कार्यक्रममा ३ जना स्वास्थ्यका कर्मचारी र २० जना उमेर हदका कारण सेवा निवृत स्वयमसेविकालाई सम्मान गरिएको थियो ।

कार्यक्रम स्वयम सेविका संजालका नगर अध्यक्ष कमला चुदाँलीको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको स्वागत मन्तब्य र भक्तीराम पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७८ आइतबार ००:००  ३ : ४५ बजे