मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तरगत आइतबार भएको कांग्रेस कपिलवस्तुको गतगणना जारी छ । जिल्ला पार्टी कार्यालय तौलिहवामा आइतबार राति ९ बजेदेखि जारी मतगणना यो समाचार तयार पार्दासम्म सकिएको छैन् ।
कांग्रेस कपिलवस्तुको नेतृत्व कस्को पक्षमा हुन्छ भन्ने कौतुहलता भैरहेका बेला दिउँसोसम्ममा मतपरिणाम सार्वजनिक हुने अपेक्षा छ ।
स्रोतका अनुसार अहिले जिल्ला सदस्यहरुको मतगणना भैरहेको छ । यो गणना सकिए पछि पदाधिकारीको मतगणना हुनेछ । सदस्यहरुको मतगणनामा अब्दुल कलामको प्यानल अगाडी देखिएको बताइएको छ ।
कुल १ हजार ८ सय १६ मतदाता रहेको कांग्रेस कपिलवस्तुको चुनावमा १ हजार ७ सय ६५ मत खसेको थियो । ५२ सदस्यीय कार्य समितिको लागि आइतबार मतदान भएको हो ।
चुनावी प्रतिस्पर्धामा पार्टीका पूर्व जिल्ला सभापति भैसक्नुभएका राजेश आचार्य र वर्तमान जिल्ला उपसभापति अब्दुल कलाम रहेका छन् ।
यो पनि पढ्नुहोस्
कांग्रेस कपिलवस्तुको चुनावमा १ हजार ७ सय ६५ मत खस्यो, दुवै पक्षको जित्ने दावी यथावत्
कांग्रेस कपिलवस्तुको उम्मेद्वारी दर्ता आज, भोलि चुनाव
कांग्रेस जिल्ला सभापतिमा आचार्य र खाँ प्यानल बनाएर भिडे
कांग्रेस कपिलवस्तु सभापतिमा त्रिपक्षिय प्रतिस्पर्धाको संकेत
र, यो पनि
प्रतिक्रिया