मायादेवी अनलाइन, वाणगंगा ।
चितवनको सौराहमा जारी नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनमा केपी ओलीले सर्वसम्मतिका साथ नेतृत्व छनौट हुनुपर्ने भन्दै लिष्ट बनाएर बन्दशत्रमा सुनाएका छन् ।
ओलीले ३ सय १ जना रहेको केन्द्रीय सदस्यको टिम आफु पक्षिय नेताहरु बीच बसेर तयार पारी बन्दसस्त्रमा सुनाएका हुन् । एमालेमा शक्तिशाली नेता बन्ने होडमा रहेका ओलीले आफु स्वयमलाई अध्यक्षमा घोषणा गर्दै अरु तीन सय जनाको नाम पढेर सुनाएका थिए ।
जस अन्तरगत ओलीले सुनाएको नाममा कपिलवस्तुका पाँच नेता परेका छन् । कपिलवस्तु पार्टीको लामो कार्यकाल अध्यक्ष भएका बलराम अधिकारी केन्द्रीय सदस्यको लिष्टमा परेका छन् । हाल लुम्बिनी प्रदेश कार्यालयमा कार्यालय सचिवको रुपमा काम गरिरहेका अधिकारी खुल्ला केन्द्रीय सदस्यको लिष्टमा छन् ।
यस्तै तत्कालिन नेकपा हुँदा केन्द्रीय सदस्य बनेकी विमला घिमिरे पनि केन्द्रीय सदस्यको लिष्टमा परेकी छिन् । उनी महिला कोटाबाट केन्द्रीय सदस्यको लिष्टमा छिन् ।
नेकपा हुँदा केपी ओलीलाई साथ दिएका पूर्व माओवादी केन्द्रका नेता गिरीधारलाल न्यौपाने पनि केन्द्रीय सदस्यमा अटाएका छन् । उनी खुल्ला तर्फबाट ओलीको केन्द्रीय सदस्यको लिष्टमा रहेका छन् ।
यता एमालेको ९ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका सिराज अहमद फारुकी पनि केन्द्रीय सदस्यको लिष्टमा छन् ।
यस्तै मधेसी कोटाबाट सुशील श्रीवास्तव गरेका छन् । यी श्रीवास्तव कपिलवस्तुकै हुन सक्ने आकंलन छ । ओलीको लिष्टमा अटाएका उनलाई सम्पर्क गर्न खोजेपनि सम्पर्क हुन् सकेन् ।
यता लामो समय राजनीति गर्दै आएका विष्णु पन्थी भने ओलीको लिष्टमा अटाउन सकेनन् । १० बुँदे पक्षधर मानिएका पन्थी घनश्याम निकट भएकै कारण ओलीको लिष्टमा नअटेको आकंलन छ ।
पन्थी ९ औं राष्ट्रिय महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा हारेका थिए भने आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय लेखा आयोगका सदस्य थिए ।
अनेरास्ववियूका केन्द्रीय कोषाध्यक्ष समेत भएर काम गरेका पन्थी लुम्बिनी प्रदेशका सिनियर नेतामा पर्छन् । तर लामो समय माधव कुमार नेपालसंग रहेका उनी एकीकृत समाजवादी नरोजि एमालेमै बसेका थिए । यो पालि केन्द्रीय सदस्य हुनेमा धेरै आशावादी रहेका बेला पन्थी फेरि पनि एमालेमा अटाउन नसकेका हुन् ।
यद्यपि ओलीले प्रस्तुत गरेको नाम अन्तिम नै होइन् । चित्त नबुझ्नेले उम्मेद्वारी दिन पाउने एमालेले जनाएको छ ।
यो पनि पढ्नुहोस्
केपी ओलीले घोषणा गरेको कमिटीमा कपिलवस्तुका विष्णु पन्थी अटाएनन्
प्रतिक्रिया