८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

केपी ओलीले घोषणा गरेको कमिटीमा कपिलवस्तुका विष्णु पन्थी अटाएनन्



मायादेवी अनलाइन, वाणगंगा ।
३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीमा कपिलवस्तुका विष्णु पन्थी पर्न सकेका छैनन् ।

चितवनको सौराहमा जारी एमालेको १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न भन्दै केपी शर्मा ओलीले ३ सय १ जनाको नाम बन्दशस्त्रमा पेश गरेका थिए ।

ओलीले पेश गरेको सूचीमा लुम्बिनी प्रदेश सभाका सदस्य समेत रहेका पन्थी गरेनन् । पन्थी ९ औं राष्ट्रिय महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा हारेका थिए भने आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय लेखा आयोगका सदस्य थिए ।

अनेरास्ववियूका केन्द्रीय कोषाध्यक्ष समेत भएर काम गरेका पन्थी लुम्बिनी प्रदेशका सिनियर नेतामा पर्छन् । तर लामो समय माधव कुमार नेपालसंग रहेका उनी एकीकृत समाजवादी नरोजि एमालेमै बसेका थिए । यो पालि केन्द्रीय सदस्य हुनेमा धेरै आशावादी रहेका बेला पन्थी फेरि पनि एमालेमा अटाउन नसकेका हुन् ।

यद्यपि ओलीले प्रस्तुत गरेको नाम अन्तिम नै होइन् । चित्त नबुझ्नेले उम्मेद्वारी दिन पाउने एमालेले जनाएको छ । पन्थी चुनाव लड्छन् की लड्दैनन् आधिकारिक रुपमा बोलेका छैनन् । मायादेवी अनलाइनले सम्पर्क गर्न खोजेपनि उनको फोन अफ थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  ६ : १२ बजे